महालक्ष्मी विकास बैंकको साधारण सभा पुस २९ गते, लाभांश पारित गर्ने « Arthapath.com
८ पुष २०७९, शुक्रबार

महालक्ष्मी विकास बैंकको साधारण सभा पुस २९ गते, लाभांश पारित गर्ने



काठमाडौं । महालक्ष्मी विकास बैंकले साधारण सभा बोलाएको छ । बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको हो ।

बैंकको पुस ७ गते बिहीबार बसेको सञ्चालक समिति बैठकले सभा लैनचौर ब्यांकेट, नेपाल स्काउट कम्पाउण्ड, काठमाडौंमा बिहान १० बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश पारित गर्ने मुख्य प्रस्ताव रहेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलार्य ४ प्रतिशत बोनस सेयर र करसहित ६.४७ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल, चालु आव २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १८ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्