लाभांश पारित गर्न मुक्तिनाथ विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
१० पुष २०७९, आईतवार

लाभांश पारित गर्न मुक्तिनाथ विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । मुक्तिनाथ विकास बैंकले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले पुस ३० गते सोह्रौं वार्षिक साधारण सभा गर्ने भएको हो ।

सभा होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरामा बिहान १० बजे सुरु हुनेछ। सभामा लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरणका लागि प्रस्ताव गरेको १३.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु मर्ज अथवा एक्वायर गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चलाक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

यसका साथै जारी तथा चुक्ता पूँजी वृद्धि गरी ६ अर्ब ४२ करोड ९ लाख २७२ रुपैयाँ ५१ पैसा पुर्याउने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस २० गते बुकक्लोज गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्