डडेल्धुरामा कर्मचारीको क्षमता र सीप बढाउँदै मिर्मिरे « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

डडेल्धुरामा कर्मचारीको क्षमता र सीप बढाउँदै मिर्मिरे



काठमाडौं । काभ्रेको बनेपा स्थित प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले तेश्रो त्रैमासमा आफ्ना कर्मचारहिरुको क्षमता तथा सीप बृद्धिको लागि विभिन्न तालिमहरु संचालन गरिरहेको छ । शनिवार संस्थाले सुदुर पश्चिम प्रदेशको अमरगढी उपप्रादेशिक कार्यालय मातहतका शाखाका कर्मचारीहरुलाई एक दिने क्षमता अभिबृद्धि तालिम डडेल्धुरा स्थित होटल राइनोमा सम्पन्न गरेको छ ।

सुदुर पश्चिम प्रदेश प्रमुख स्वयम्भू श्रेष्ठ र अमरगढी उप प्रादेशिक कार्यालय प्रमुख तेज बहादर खत्रीले सहजिकरण गरेको उक्त तालिममा हालको वित्तीय बजारमा रहेको समस्याहरुको बारेमा जानकारी गराउँदै यस्तो समयमा व्यवस्थित शाखा संचालनका उपायहरु, गुणस्तरीय कर्जा तथा केन्द्र व्यवस्थापन लगायतको विषयमा तालिम दिइएको थियो ।

शाखा प्रमुख र लेखापालहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा शाखाहरुको अर्धवार्षिक समिक्षा संगै नयाँ कार्ययोजना समेत बनाएको उप–प्रादेशिक कार्यालय अमरगढी प्रमुख तेज बहादुर खत्रीले जानकारी गराए ।
संस्थाले यस अघि मधेश प्रदेशमा र प्रदेश नं. १ मा पनि कर्मचारीहरुको लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न गरिसकेको छ । कर्मचारीहरु दक्ष र सक्षम भएमा मात्र संस्था बलियो हुने भएकोले संस्थाले कर्मचारीहरुको वृद्धि विकासलाई पहिलो प्रथमिकतामा राखी नियमित यस्ता कार्यक्रमहरु संचालन गरिरहने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्