फर्स्ट माइक्रोफाइनान्सले कमायो १३ करोड नाफा, वितरणयोग्य नाफा कति ? « Arthapath.com
९ बैशाख २०८१, आईतवार

फर्स्ट माइक्रोफाइनान्सले कमायो १३ करोड नाफा, वितरणयोग्य नाफा कति ?



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १३ करोड रुपैयाँ बढी खुद नाफा कमाएको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले १३ करोड २ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, कम्पनीको यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने ३३.०५ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा कम्पनीले १९ करोड ४५ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चैतसम्ममा कम्पनीले २५ करोड ३० लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । तर, गत आवको तुलनामा भने २०.३३ प्रतिशत कमी हो ।

कम्पनीको संचालन नाफामा पनि ३२.४० प्रतिशत घटेर १८ करोड ७८ लाख ९८ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वितरणयोग्य नाफा भने ९ करोड ५० लाख ९४ हजार रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १४ रुपैयाँ ८ पैसा र प्रतिसेयर नेटवर्थ भने १३१ रुपैयाँ ८३ पैसा कायम भएको छ। कम्पनीको खराब कर्जा भने ०.७४ प्रतिशत छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख रुपैयाँ छ । कम्पनीले जगेडा कोषमा भने २९ करोड ७६ लाख रुपैयाँ राखेको छ ।


प्रतिक्रिया दिनुहोस्