फरवार्ड माइक्रोफाइनान्सको नाफामा उछाल, अन्य सूचक कस्ता छन् ? « Arthapath.com
१४ बैशाख २०८१, शुक्रबार

फरवार्ड माइक्रोफाइनान्सको नाफामा उछाल, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६७.१६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ४ करोड ३६ लाख रुपैयाँ थियो।

संस्थाको खुद ब्याज आम्दानी ६.१६ प्रतिशत बढेर ८७ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ८७ करोड ७२ लाख रुपैयाँ ब्याज आम्दानी आर्जन गरेको थियो ।

संस्थाको सञ्चालन मुनाफामा १८०.०३ प्रतिशतको उछाल आएको छ । गत आर्थिक वर्षको सो अवधिसम्म ६ करोड २७ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा समीक्षा अवधिमा बढेर १७ करोड ५७ लाख रुपैया पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ५.८८ प्रतिशतबाट बढेर ८.२६ प्रतिशत पुगेको छ। यद्यपि लघुवित्तको इम्पेरमेन्ट चार्ज भने ४८ करोड ५५ लाखबाट घटेर ४२ करोड १५ लाख रुपैयाँमा झरेको छ। संस्थाको वितरण योग्य मनुाफा ११ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ २१ पैसा बढेर १४ रुपैयाँ ७२ पैसा रहेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २६९ रुपैयाँ ३४ पैसा रहेको छ।

१ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ७८ करोड रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले ८ अर्ब ७८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १९ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।


प्रतिक्रिया दिनुहोस्