नेशनल लघुवित्तले कमायो १९ करोड बढी नाफा, वितरणयोग्य नाफा २९ करोड, इपिएस कति ? « Arthapath.com
२८ बैशाख २०८१, शुक्रबार

नेशनल लघुवित्तले कमायो १९ करोड बढी नाफा, वितरणयोग्य नाफा २९ करोड, इपिएस कति ?



काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था १९ करोड बढी नाफा कमाएको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले १९ करोड ७ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । तर, यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने ६.१६ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा भने कम्पनीले २० करोड ३२ लाख बढी नाफा कमाएको थियो ।

तर, कम्पनीको खुद ब्याज आम्दानी भने ३१ प्रतिशत बढेर ५९ करोड २३ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको संचालन नाफा पनि ६.१६ प्रतिशत घटेर २७ करोड २५ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा २९ करोड रुपैयाँ छ । यस्तै, कम्पनीले खराब कर्जा पनि घटाएको छ । गत आवको तेस्रो त्रैमासमा ५.४३ प्रतिशत रहेको खराब कर्जा यो वर्षको सोही अवधिमा भने ४.३६ प्रतिशत कायम भएको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ २९ पैसा कायम भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कायम भएको छ । कम्पनीले जगेडा कोषमा भने १ अर्ब २४ करोड ७७ लाख रुपैयाँ राखेको छ ।

यस्तै, कम्पनीको निक्षेप संकलन पनि १९.५८ प्रतिशत बढेर ५ अर्ब ४० करोड ९५ लाख रुपैयाँ र कर्जा लगानी पनि १६.३२ प्रतिशत बढेर १९ अर्ब ४८ करोड ७४ लाख रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्