समता घरेलु लघुवित्तले पायो एफपीओ निष्काशनको अनुमति « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

समता घरेलु लघुवित्तले पायो एफपीओ निष्काशनको अनुमति



काठमाडौं। नेपाल धितोपत्र बोर्डले समता घरेलु लघुवित्तलाई थप सार्वजनिक निष्काशन (एफपीओ) को जारी गर्न स्वीकृति प्रदान गरेको छ।

लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्री गर्दैछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले एफपीओ निष्काशन गर्न लागेको हो।

समताले एफपीओ निष्काशन स्वीकृतिका लागि धितोपत्र बोर्डमा २०७८ चैतमा आवेदन दिएको थियो। बोर्डले बुधबार स्वीकृति प्रदान गरेको हो ।

लघुवित्तले चुक्ता पुँजीको ३० प्रतिशत सेयर हिस्सा सर्वसाधणाको पुर्याउन एफपीओ जारी गर्न लागेको हो। हाल संस्थाको चुक्ता पुँजी ५६ करोड ४० लाख रहेको छ भने ५६ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ। बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ।


प्रतिक्रिया दिनुहोस्