जीवन विकास लघुवित्तको साढे तीन लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिसेयर ६०० रुपैयाँमै किन्ने मौका « Arthapath.com
४ कार्तिक २०८१, आईतवार

जीवन विकास लघुवित्तको साढे तीन लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिसेयर ६०० रुपैयाँमै किन्ने मौका



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न सेयरधनीहरुको नाममा रहेको झन्डै साढे तीन लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले आठ जना संस्थापकहरुको नाममा रहेको लाख ३४ हजार ५०० कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । उक्त सेयर बिक्री मूल्य भने न्युनतम प्रतिसेयर ६०० रुपैयाँ तोकिएको छ ।

उक्त लिलामी सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । आवेदन आगामी कात्तिक १४ गते अपरान्ह ३ बजेभित्र दिन सकिनेछ ।

आवेदन दिँदा न्युनतम २५० कित्ताका लागि दिन सकिनेछ भने अधिकतममा सबै सेयर खरिदका लागि पनि दिन सकिने कम्पनीले जनाएको छ । आवेदन बिक्री प्रबन्धक एनएमबि क्यापिटल बालुवाटार काठमाडौं तथा जीवन विकास लघुवित्तको केन्द्रीय कार्यालय, कटहरी–२ मोरङमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्