‘जुन प्रयोजनका लागि कर्जा लिईन्छ, त्यसमै प्रयोग गर्नु’: राष्ट्र बैंक « Arthapath.com
३० फाल्गुन २०७९, मंगलवार

‘जुन प्रयोजनका लागि कर्जा लिईन्छ, त्यसमै प्रयोग गर्नु’: राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको सहि सदुपयोग गर्न अनुरोध गरेको छ । केन्द्रिय बैंकले एक सूचना जारी गर्दै जुन प्रयोजनका लागि कर्जा लिएको हो, सोही प्रयोजनका लागि मात्र प्रयोग गर्न भनेको छ ।

‘कर्जाको रुपमा प्रवाह हुने रकम कुनै व्यक्ति वा संस्थाको निजी सम्पत्ति नभई बचतकर्ताको हो । कर्जा प्राप्त गरेपछि जुन प्रयोजनका लागि लिइएको हो, सोही प्रयोजनमा मात्र प्रयोग गर्नु’ राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ ।

पूर्व निर्धारित सर्तअनुसार कर्जाको साँवा र ब्याज भुक्तानी गर्नु ऋणिको कानुनी दायित्व रहेको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले भनेको छ,–‘सम्वन्धित पक्षले पूर्व निर्धारित सर्त बमोजिमका दायित्व पुरा नगर्दा कानुनी कारवाही मात्र नभई वित्तीय मध्यस्थताको सन्तुलन बिग्रने र वित्तीय स्थायित्वमा समस्या आउन सक्दछ ।’

यद्यपि कर्जा सदुपयोग गरी निश्चित उद्यम÷व्यवसाय गर्दा–गर्दै कुनै कार्य कारणले समयमा कर्जा भुक्तानी गर्न नसक्ने अवस्था आइपरेमा बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी तोकिएको सर्तको अधिनमा रही पुनरसंरचना वा पुनरतालिकीकरण गर्ने सक्ने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्