बैंक तथा वित्तीय संस्थाहरुको संख्या ११२ पुग्यो « Arthapath.com
१ भाद्र २०८०, शुक्रबार

बैंक तथा वित्तीय संस्थाहरुको संख्या ११२ पुग्यो



काठमाडौं । इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०८० असार मसान्तमा ११२ रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९।८० को आर्थिक तथा वित्तीय स्थितीको तथ्यांक अनुसार यस्तो देखाएको हो ।

यस मध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा १० हजार ५२८ रहेकोमा २०८० असार मसान्तमा ११ हजार ५८९ पुगेको छ ।

२०७९ असार मसान्तमा प्रतिशाखा जनसंख्या २५३२ रहेकोमा २०८० असार मसान्तमा २५१७ कायम भएको छ


प्रतिक्रिया दिनुहोस्