राष्ट्र बैंकले ६७ जना माग्यो कर्मचारी, कसरी दिने आवेदन ? « Arthapath.com
६ पुष २०८०, शुक्रबार

राष्ट्र बैंकले ६७ जना माग्यो कर्मचारी, कसरी दिने आवेदन ?



काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले ६७ कर्मचारी माग गरेको हो ।

बैंकले सहायक निर्देशन पदका लागि १९ जना, सहायक निर्देशन (लेखापरीक्षण) पदका लागि ५ जना सहायक निर्देशक वाणिज्य कानुन पदका लागि २ जना, सहायक निर्देशक सूचना प्रविधि पदका लागि ६ जना, सहायक पदका लागि २० जना, सहायक कानुन तर्फ ४ जना र सहायक सूचना प्रविधिमा ११ जना गरी जम्मा ६७ जना कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात पुष २६ सम्म तोकिएको दस्तुर र माघ ४ सम्म दोब्बर दस्तुर तिरी आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्