मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक, यस्तो छ पूर्णपाठ « Arthapath.com
२९ माघ २०८०, सोमबार

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक, यस्तो छ पूर्णपाठ



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गरेको छ।

पछिल्लो आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ ।

राष्ट्र बैंकका अनुसार आन्तरिक आर्थिक गतिविधि एवम् मुद्रास्फीतिको अवस्थालाई दृष्टिगत गरि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्दा मौद्रिक उपायहरुमा आवश्यकता अनुसार परिमार्जन गरिने जनाएको छ ।

अर्धवार्षिक समिक्षा मार्फत ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको छ ।

यस्तै अनिवार्य नगद अनुपात र वैद्यानिक तरलता अनुपातसम्वन्धी व्यवस्थालाई पनि यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने, संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने मौद्रिक नीतिको समिक्षामा उल्लेख छ ।

यस्तो छ पूर्णपाठ

2ndQTR_Review_Board-FINAL-2


प्रतिक्रिया दिनुहोस्