मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ्गमार्फत गर्न सकिने कारोबार रकमको सीमा कति ? « Arthapath.com
२२ फाल्गुन २०८०, मंगलवार

मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ्गमार्फत गर्न सकिने कारोबार रकमको सीमा कति ?



काठमाडौं । मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ्ग मार्फत गर्ने सकिने कारोबार रकमको सीमा कायम गरेको छ ।

केन्द्रिीय बैंकले मोबाइल एप्लिकेशन (क्यूआर कोडसमेत) प्रतिदिन ३ लाख र इन्टरनेट बैंकिङको प्रतिदिन २० लाख रुपैयाँ तोकिएको छ । वित्तीय सचेतनाका लागि एक सूचना जारी गर्दै राष्ट्र बैंकले यस्तो जानकारी गराएको हो ।

तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न, नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन र सेवा शुल्क जस्ता विविध शुल्कहरू भुक्तानीमा भने उक्त सीमा लागू हुने भएको हो ।

राष्ट्र बैंकका अनुसार विद्युत सेवा, दूरसञ्चार सेवा, खानेपानी सेवा, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकमको भुक्तानी गर्न, धितोपत्र व्यवसाय गर्न अनुमतिपत्रप्राप्त धितोपत्र दलालहरूसँग धितोपत्रको कारोबार गरेबापत तोकिएको बैंक खातामा रकम भुक्तानी गर्न र राष्ट्र बैंकबाट अनुमतिप्राप्त तोकिए बमोजिमका विशेष भुक्तानी सेवाका लागि पनि यस्तो सीमा लागु हुने छैन ।


प्रतिक्रिया दिनुहोस्