राष्ट्र बैंकले संशोधन गर्यो भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशिका « Arthapath.com
१९ मंसिर २०८१, बुधबार

राष्ट्र बैंकले संशोधन गर्यो भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशिका



काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्वन्धी एकीकृत निर्देशिका संशोधन गरेको छ ।

केन्द्रिय बैंकले विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा तथा शुल्कसम्वन्धी व्यवस्था र शाखा रहित बैंकिङ्ग सेवा तथा आधिकारिक प्रतिनिधिसम्वन्धी व्यवस्था संशोधन गरेको हो ।

योसँगै एजेन्ट मार्फत गरिने वालेट कारोबारसम्वन्धीको व्यवस्थालाई संशोधन गरि आधिकारिक प्रतिनिधिमार्फत गरिने कारोबारको सीमा संशोधन गरेको छ ।

भुक्तानी सेवा प्रदायकले संचालन गरेको वालेटमा ग्राहकले सम्वन्धित भुक्तानी सेवाप्रदायकाट नियुक्त आधिकारिक प्रतिनिधि मार्फत प्रतिदिन अधिकतम २५ हजारसम्म र प्रतिमहिना १ लाख रुपैयाँसम्म नगद जम्मा गर्न सक्नेछन् । यसअघि यो एजेन्ट मार्फत हुने गरेको थियो ।

यस्तै, ग्राहकको माग बमोजिम आधिकारिक प्रतिनिधि मार्फत नै प्रति महिना २५ हजार भन्दा बढी नहुने गरि प्रति दिन ५ हजारसम्म नगद प्राप्न गर्न सक्नेछन् । यस्तो कारोबार बैंक तथा वित्तीय संस्थाको एटीएम मार्फत समेत गर्न सकिने छ ।

आधिकारिक प्रतिनिधिले गर्ने कुल दैनिक कारोबारको सीमा सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले निर्धारण गर्न सक्नेछन भने आधिकारिक प्रतिनिधिको सम्पूर्ण कारोबारको विवरण सम्बन्धित भुक्तानी सेवा प्रदायकले विद्युतीय माध्यमबाट प्राप्त गरी अभिलेख राख्नुपर्ने छ ।

भुक्तानी सेवा प्रदायक संस्थाले आधिकारिक प्रतिनिधिहरुले गर्ने कारोबारको निगरानीको लागि कारोबारको संख्या, रकम, स्थान, प्रवृति, वृद्धि आदिलाई विश्लेषण गरी त्रैमासिक प्रतिवेदन तयार गरी सञ्चालक समितिमा पेश गर्नुपर्ने छ । साथै, अर्धवार्षिकरुपमा यस्तो प्रतिवेदन यस विभागमा समेत पेश गर्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्