क्यूआर कोडबाट तरकारी किन्दै गभर्नर अधिकारीले भने ‘मेरो हस्ताक्षर भएको नोट नमुनामात्र होस्’ « Arthapath.com
२४ पुष २०७७, शुक्रबार

क्यूआर कोडबाट तरकारी किन्दै गभर्नर अधिकारीले भने ‘मेरो हस्ताक्षर भएको नोट नमुनामात्र होस्’



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो हस्ताक्षरको नोट नमुनामात्र बन्नसक्नुपर्ने बताए । गभर्नर अधिकारीले आव नोटको कारोवार गर्ने युगको अन्त्य गर्न जरुरी रहेको बताए । आफ्नो चेकबुक र पर्स नबोकेको धेरै भएको बताउँदै अधिकारीले मेरो पर्ष भनेकै मोवाइल हो ।

शुक्रबार राजधानीको सबैभन्दा ठुलो तरकारी बजार कालीमाटी तरकारी बजारमा क्यूआर कोडबाट तरकारी बिन्दै गभर्नर अधिकारीले विद्युतिय कारोवारलाई बढावा दिन आग्रह गरेका छन । गभर्नर अधिकारीले नगद प्रवाह हटाउन आग्रह गरेका छन ।

उनले कालिमाटी तरकारी बजार आधुनिक र प्रविधिमैत्री बन्ने बताए । कालीमाटी तरकारी बजारमा रहेका ५ सय तरकारी व्यवसायी सबै डिजिटल कारोवारमा जोडिनुपर्ने बताए । गभर्नर अधिकारीले क्वीआर कोडमार्फत १ केजी काउली र २ केजी च्याउ किनेर तरकारीलाई प्रविधिमा जोडेका थिए ।

अहिले पनि प्रभु बैंकले २ सयभन्दा बढी तरकारी व्यापारीलाई क्यूआर कोडमार्फत कारोवार गर्न सक्ने बैंकले जनाएको छ । प्रभु बैंकका सीईओ अशोक शेरचनले तरकारी बजार पनि प्रविधिमार्फत नयाँ युगमा प्रवेश गरेको बताए । सीईओ शेरचनले प्रभु बैंकले बिर अस्पताल र तिलगंगा अस्पतालमा पनि क्यूआर कोडमार्फत कारोवार गरिने जनाए ।


प्रतिक्रिया दिनुहोस्