सीसीडी रेसियो हट्यो, सहवित्तीयकरणको सीमा दोब्बर, १ करोडभन्दा कमको ऋणमा २ प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाइने « Arthapath.com
२९ श्रावण २०७८, शुक्रबार

सीसीडी रेसियो हट्यो, सहवित्तीयकरणको सीमा दोब्बर, १ करोडभन्दा कमको ऋणमा २ प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेप र पूँजीका आधारमा कर्जाको गणना गर्ने अनुपात (सीसीडी रेसियो) खारेज गर्ने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसको साटोमा कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले बैंकहरुलाई गणना गर्न सजिलो पर्ने छ । यसअघि थुप्रै नियामकीय छुट दिएर सीसीडी रेसियो ८५ प्रतिशतको सीमामा राख्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, १ अर्ब रुपैयाँभन्दा माथिको कर्जालाई सहवित्तीयकरण गर्नुपर्ने विद्यमान नीतिलाई २ अर्ब बनाइएको छ । यसले निजी क्षेत्रमा कर्जा परिचालन गर्न र ठूला बैंकहरुलाई ऋण विस्तरा गर्न सहजिकरण हुने छ । त्यस्तै १ करोडभन्दा कमको उत्पादनमुलक कर्जामा २ प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाइने भएको छ ।

कोरोना महामारीबाट अतिप्रभावित क्षेत्रका व्यवसायिले २०७९ असार मसान्तसम्म पाक्ने ब्याजमा हर्जना र पेनाल्टी तिर्नुपर्ने छैन । लगातार २ वर्षसम्म खुद नोक्सानीमा रहेका कम्पनीलाई सुक्ष्म निगरानीमा राख्ने व्यवस्थालाई समेत संशोधन गरेर ३ वर्ष बनाइने भएको छ । यसले बैंकहरुको नाफालाई सघाउ पुग्ने छ । जोखिम बापतको सम्पत्ती छुट्याउनुपर्ने अवस्थालाई यसले कम गरिदिने छ ।


प्रतिक्रिया दिनुहोस्