राधी विद्युतको ९५ करोड ३५ लाखको हकप्रद सेयरमा आवेदन दिने अन्तिम मौका « Arthapath.com
१० असार २०८३, बुधबार

राधी विद्युतको ९५ करोड ३५ लाखको हकप्रद सेयरमा आवेदन दिने अन्तिम मौका



काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीको हकप्रद सेयरमा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले आज असोज ५ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १.४७५२ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर जारी गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

हकप्रद निष्काशन प्रयोजनका लागि कम्पनीले भदौ १२ गते बुक क्लोज गरेको छ । त्यसका आधारमा भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम कम्पनीका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्