कुमारी बैंक: ‘लगानीकर्ताहरुलाई जति सक्दो बढी प्रतिफल, निष्क्रिय सम्पत्तिहरू व्यवस्थित’ « Arthapath.com
२१ कार्तिक २०७९, सोमबार

कुमारी बैंक: ‘लगानीकर्ताहरुलाई जति सक्दो बढी प्रतिफल, निष्क्रिय सम्पत्तिहरू व्यवस्थित’



काठमाडौं । कुमारी बैंकले २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । विगतका घटनाक्रमहरुबाट पाठ सिक्दै प्राप्त अवसर तथा चुनौतीहरुलाई समयानुकुल बैंकको हितमा उपयोग गर्दै २२ वर्ष पुरा गरेको हो ।

बैंकले ग्राहकहरुलाई आधुनिक प्रविधिको प्रयोग र दक्ष मानव संशाधनद्वारा उत्कृष्ट सेवा प्रदान गर्ने, छरिएर रहेका पुँजीहरुलाई एकिकृत गरी समूचित लगानी गर्ने उद्देश्य राखेको छ ।

लगानीकर्ताहरुलाई जति सक्दो बढी प्रतिफल दिने, संस्थामा राम्रो संस्थागत सुशासन र नैतिक आचरण कायम राख्ने र देशले अवलम्बन गरेका नियम तथा कानुनलाई अक्षरस परिपालन गर्ने रही आएको बैंकले जनाएको छ ।

बैंकको विगतका वर्षहरुको वित्तीय परिसूचकहरु सकारात्मक, व्यवस्थित तथा प्रगति उन्मुख रहेका छन् । हालका वर्षहरुमा आएर निष्क्रिय सम्पत्तिहरू निक्कै नै व्यवस्थित भएको बैंकले जनाएको छ ।

बैंकको व्यापार व्यवसायहरु जोखिमको उचित मूल्यांकन गर्दै सीमित दरमा वृद्धि भैरहेको छ । बैंकले नेपालको वित्तीय बजार, राजनैतिक माहोल, उद्योगधन्दा आदिको अवस्थामा अप्रत्यासित रुपमा उतार चढाव आइरहने भएकाले संधै नै व्यापार व्यवसायमा सन्तुलित तथा दिगो वृद्धिको अवधारणा बनाउंदै आएको छ ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १२.५० प्रतिशतले हुने १ अर्ब ८३ करोड ८८ लाख ९७ हजार ९१५ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) दिने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को तुलनामा आ.व.२०७८/७९ मा कर्जा, निक्षेप तथा लगानी क्रमशः १०.९० प्रतिशत, १६.४० प्रतिशत र १.५० प्रतिशतले वृद्धि भई १५९ अर्ब ४४ करोड रुपैयाँ, १८२ अर्ब ९६ करोड र २३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी खुद ब्याज आम्दानी २२.४५ प्रतिशतले वृद्धि भई ६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने संचालन खर्च कुल ११.२९ प्रतिशतले बढेर ३ अर्ब ५५ करोड रुपैयाँ कायम भएको छ।

आव २०७८/७९ मा कर्जा नोक्सानी व्यवस्था अघिको संचालन मुनाफा २५.५२ प्रतिशतले बृद्धि भई ४ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । यस्तै, आव २०७७/७८ मा १ अर्ब ९७ करोड रहेको खुद मुनाफा आव २०७८/७९ मा ३०.९१ प्रतिशतले वृद्धि भएको छ । योसंगै उक्त अवधिमा बैंकको खुद नाफा २ अर्ब ५७ करोड पुगेको छ ।

आव २०७७/७८ को अन्त्यमा यस बैंकको कुल कर्जा १४३ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेको थियो । तर, समीक्षा वर्षको अन्त्यमा १०.९० प्रतिशतले वृद्धि भई १५ खर्ब ९ अर्ब ४४ करोड ४१ लाख पुगेको छ ।

बैंकले आफ्नो कर्जा तथा सापटीलाई विविधिकरण गर्दै व्यक्तिगत कर्जा, शिक्षा कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, कृषि तथा उत्पादनशील कर्जा, विपन्न वर्ग कर्जा, संस्थागत कर्जा तथा विकास परियोजना क्षेत्रमा कर्जा प्रदान गर्दै आएको छ ।

उक्त अवधिमा बैंकको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात १.११ प्रतिशत रहेको छ । कर्जा लगानीमा वृद्धि भएता पनि उल्लेख्य मात्रामा समस्याग्रस्त कर्जाहरुको असुली भएको बैंकले जनाएको छ। तर, नेपाल राष्ट्र बैंकको निर्देशनहरुमा भएका परिमार्जनहरुका फलस्वरुप बैंकको निष्क्रिय कर्जा अनुपात बिगत वर्षको तुलनामा यस वर्ष केहि बद्न गएकोबैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ । बैंकको निष्क्रिय कर्जाहरुलाई थप नियमित बनाउनका लागि बैंक निकै नै क्रियाशील रहेको बताइएको छ ।

बैंकले गत आर्थिक वर्षमा थप ३ वटा नयाँ शाखा र २० वटा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । हाल बैंकका काठमाडौँ उपत्यका भित्र ४८ तथा बाहिर १५१ गरि कुल १९९ शाखाहरु संचालनमा रहेका छन् । यसै गरी बैंकका हाल ३४ वटा एक्सटेन्सन काउन्टर तथा नेपाल अधिराज्य भरि कुल १९५ वटा एटीएम संचालनमा रहेका छन् ।

लगानीकर्तालाई जति सक्दो बढी प्रतिफल

बैंकले आफ्ना सेयरधनीहरुलाई जति सक्दो बढी प्रतिफल दिँदै आएको छ । बैंकको १६ वर्षे लाभांश इतिहाँस हेर्नेहो भने बोनस धेरै वितरण गरेको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई ३४.७४ प्रतिशतसम्म लाभांश दिएको छ । आर्थिक वर्ष २०७०/७१ मा बैंकले ३३ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.७४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बैंकको लाभांश इतिहाँस:

चालु आर्थिक वर्षका लागि बैंकको वित्तीय योजना र लक्ष्यहरु

बैंकले चालु आर्थिक वर्षमा बैंकको कर्जा १३.०९ प्रतिशत र लगानी ६०.३४ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको छ । जसका आधारमा बैंकको कर्जा १ खर्ब ८० अर्ब ३१ करोड र लगानी ३७ अर्ब ५५ करोड पु¥याउने लक्ष्य रहेको छ ।

यसैगरि बैंकको कुल निक्षेप ६.३३ प्रतिशतले वृद्धि गरि १९४ अर्ब ५४ करोड पु¥याउने लक्ष्य रहेको छ । बैंकको खुद ब्याज आम्दानी १८.४२ प्रतिशत तथा अन्य संचालन खर्च ८.१७ प्रतिशतले वृद्धि भै क्रमशः ७ अर्ब ३६ करोड र ३ अर्ब ८४ करोड रुपैयाँ पुग्ने अनुमान रहेको छ ।

यस प्रकार कर्जा नोक्सानी व्यवस्था अघिको बैंकको संचालन मुनाफा १७.४३ प्रतिशतले वृद्धि भई ५ अर्ब १३ करोड रुपैयाँ पुग्ने अनुमान रहेको छ । समीक्षा वर्षमा बैंकको निष्क्रिय कर्जा अनुपात बिगत वर्षभन्दा केहि वृद्धि भई १.११ प्रतिशतमा रहेको छ । चालु वर्षमा निष्क्रिय कर्जाहरु असुली गराउने तर्फ प्रयास भई रहेको बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

चालु वर्षमा बैंकको खुद मुनाफा २८ प्रतिशतले वृद्धि गरी ३ अर्ब ३० करोड २२ लाख पु¥याउने लक्ष्य यस बैंकको रहेको छ ।
सवल र सुदृढ बनाउन बैंकको सम्पत्तीको गुणस्तर वृद्धि गर्ने र यसलाई कायमै राख्ने, बैंकको कर्मचारीहरुको उत्पादकत्व वृद्धि गर्ने, बैंकलाई नाफामुखी बनाउनुका साथसाथै ग्राहकहरुलाई सर्वसुलभ गुणस्तरीय सेवा पु¥याउने यस बैंकको योजना रहेको बैंकले जनाएको छ ।

ग्राहकहरुको जीवन सरल र सुलभ बनाउन आधुनिक सेवा तथा सुविधाको विकास गरी वित्तीय क्षेत्रको सुधारमा योगदान पु¥याउने, वित्तीय पहुँच नभएको जनसंख्यालाई बैकिङ्क परिधिभित्र ल्याउने, साना तथा मझौला व्यवसायहरुलाई ऋण प्रदान गरी देशको समग्र आर्थिक विकासमा टेवा पु¥याउने यस बैंकको कार्य योजना रहेको छ ।

देशको परिस्थितिलाई मध्यनजर गर्दै थप शाखाहरु विस्तार गर्दै जाने, बैंकको उपस्थिति नभएका क्षेत्रहरुमा कुमारी मोवाईल बैंकिङ्ग, शाखा रहित बैंकिङ्ग सेवा मार्फत् बैंकिङ्ग सेवा उपलब्ध गराउने, आफ्नो प्रविधि तथा सेवालाई विस्तार गरी प्रतिस्पर्धात्मक बैंकिङ्ग सेवा उपलब्ध गराउने आदि कार्यक्रमहरु समेत चालु आर्थिक वर्षमा रहेका छन् ।

एनसीसी बैंकसंग मर्जर सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) र कुमारी बैंकबीच मर्जरमा जाने भएको छ । यी दुवै बैंक मर्जरमा जानका लागि गत असोज ११ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सेयर स्वाप रेसियो एक बराबर एकमा गाभिने सहमति भएको जनाइएको छ । एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

मर्जपछि बैंकको नाम कुमारी बैंक रहने छ भने बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल (हाल एनसीसी बैंकका सीईओ) र बरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल रहेछन् ।

यी दुई बैंक एक आपसमा गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ हुनेछ । १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ रहेको छ । हाल कुमारी बेंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ रहेको छ। मर्जपछि बैंकको कुल पुजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ ।

बैंकको संचालक समितिमा भने दुई बैंकको तर्फबाट ३/३ जना रहने छन् । समितिमा एकजना मनोनयन गरिने र ७ जना संचालकबाट अध्यक्ष चुनिने बताइएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्