आजदेखि बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री खुला, कति र कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
२२ माघ २०७९, आईतवार

आजदेखि बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री खुला, कति र कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । आज (माघ २२ गते) देखि बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला भएको हो ।

लघुवित्तले आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गर्न लागेको छ । जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १ हजार ५ सय कित्ता सेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात् ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ९ सय ५० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ । माग बमोजिको आवेदन नपरेको खण्डमामा चैत २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्तालाई भने फागुन १८ गतेदेखि मात्र खुला गर्नेछ । सर्वसाधारण लगानीकर्ताले यसमा फागुन २३ गतेसम्म आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्