लघुवित्त कम्पनीको वित्तीय रिपोर्टः १० वटाको मात्रै बढ्यो नाफा, ८ वटा नोक्सानीमा, यस्तो छ एकमुष्ट विवरण « Arthapath.com
१ फाल्गुन २०७९, सोमबार

लघुवित्त कम्पनीको वित्तीय रिपोर्टः १० वटाको मात्रै बढ्यो नाफा, ८ वटा नोक्सानीमा, यस्तो छ एकमुष्ट विवरण



काठमाडौं । संचालनमा रहेकामध्ये करिब चार दर्जन माइक्रोफाइनान्स कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् ।

हालसम्म ५६ वटा लघुवित्तहरुले दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका हुन् । विवरण अनुसार कम्पनीहरुको नाफामा चमक देखिएको छैन । गत वर्षको पुस मसान्तसम्मको तुलनामा अधिकांश कम्पनीहरुको नाफामा गिरावट आएको छ ।

कम्पनीहरुले प्रकाशित गरेको विवरण अनुसार १० वटा लघुवित्तले मात्र नाफा वृद्धि गरेको देखिएको छ भने आठ वटा कम्पनीले नोक्सानीमा देखिएका छन् । चालु आवको दोस्रो त्रैमासमा ३९ वटा लघुवित्तको नाफामा भने गिरावट आएको छ ।

१० लघुवित्तले बढाए नाफाः नाडेपको सबैभन्दा धेरै, आरएसडीसी र आशा लघुवित्तबीच प्रतिस्पर्धा

चालु आवको दोस्रो त्रैमासमा १० वटा लघुवित्त वित्तीय संस्थाहरुको नाफा वृद्धि भएको छ । सो अवधिमा सबैभन्दा धेरै नाफा नाडेप लघुवित्तले वृद्धि गरेको छ ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीको नाफा ९३.५६ प्रतिशतले वृद्धि भई १ करोड ८० लाख २९ हजार रुपैयाँ नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ९३ लाख १४ हजार रुपैयाँ मात्र नाफा गरेको थियो ।

दोस्रो त्रैमासिक वित्तीय विवरण हेर्दा आरएसडीसी र आशा लघुवित्तबीच नाफामा वृद्धिमा प्रतिस्पर्धा देखिएको छ । आरएसडीसी लघुवित्तले चालु आवको ६ महिनामा ६२.३३ प्रतिशतले नाफा बढाएर ७ करोड ९४ लाख १४ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, आशा लघुवित्तको नाफा पनि ५८.०३ प्रतिशतले बढेर ३ करोड ६९ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।

सो अवधिमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा ३८.३४ प्रतिशत, साना किसान लघुवित्तको ३३.८६ प्रतिशत, आरएमडीसीको २२.५८ र छिमेक लघुवित्तको ११.५६ प्रतिशतले नाफा वृद्धि भएको छ ।

त्यसैगरि चालु आवको दोस्रो त्रैमासमा गणपति लघुवित्त, नेष्डो समृद्धि र स्वाबलम्बन लघुवित्तको नाफा क्रमशः ४.५६ प्रतिशत, २.२४ प्रतिशत र २.१६ प्रतिशतले वृद्धि भएको छ।

आठ लघुवित्त नोक्सानीमा, ग्रामिण विकासको सबैभन्दा धेरै

चालु आवको ६ महिनामा आठ वटा लघुवित्तहरु नोक्सानमा देखिएका छन् । यीमध्ये सबैभन्दा धेरै नोक्सानी ग्रामिण विकास लघुवित्त देखिएको छ।

सो अवधिमा कम्पनीले १२ करोड ५९ लाख ९१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्षको पुस मसान्तसम्ममा भने कम्पनी १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । विवरण अनुसार पुस मसान्तसम्ममा लक्ष्मी लघुवित्त २ करोड ४० लाख, उपकार लघुवित्त १ करोड ६१ लाख, विन नेपाल लघुवित्त १ करोड ९ लाख रुपैयाँ नोक्सानीमा रहेको छन् ।

यस्तै, चालु आवको ६ महिनामा एनएमबि लघुवित्तले ८० लाख १० हजार, मानुषीले ४४ लाख ६६ हजार, मनाकामना स्मार्ट लघुवित्तले ४३ लाख ५४ हजार र सामुदायिक लघुवित्तले ३१ लाख ७२ हजार रुपैयाँ नोक्सानी व्यहोरेका छन् ।

तीन दर्जन बढी माइक्रोफाइनान्सको नाफा घट्यो

चालु आवको पुस मसान्तसम्ममा अधिकांश माइक्रोफाइनान्सको नाफामा घटेको छ । सो अवधिमा ३९ वटा लघुवित्तको नाफामा गिरावट देखिएको हो ।

विवरण अनुसार सबैभन्दा धेरै नाफा गुराँस लघुवित्तको घटेको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा यस वर्षको सोही कम्पनीको नाफा ९६.६५ प्रतिशतले घटेको हो ।

धेरै नाफा घट्नेको दोस्रो स्थानमा रहेको किसान लघुवित्त रहेको छ । कम्पनीको नाफा ९५.५० प्रतिशतले घटेर १५ लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, स्वाभिमान लघुवित्तको नाफा ८६.५७ प्रतिशत, जाल्पा सामुदायिकको ८६.०६ प्रतिशत, उन्नति सहकार्यको ८२.१८ र सबैको लघुवित्तको नाफा ८१.९५ प्रतिशतले घटेको छ ।

अन्यको कुनको कति ?


प्रतिक्रिया दिनुहोस्