नेपाली अर्थतन्त्रको आकार ५७ खर्ब नाघ्यो, आर्थिक वृद्धिदर ३.८७ प्रतिशत « Arthapath.com
१८ बैशाख २०८१, मंगलवार

नेपाली अर्थतन्त्रको आकार ५७ खर्ब नाघ्यो, आर्थिक वृद्धिदर ३.८७ प्रतिशत



काठमाडौं । नेपाली अर्थतन्त्रको आकार ५७ खर्ब बढी हुने भएको छ । मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

चालु आवमा अर्थतन्त्रको आकार ५७ अर्ब ४ अर्ब ८ करोड रुपैयाँ हुने भएको छ । आधारभूत मूल्यमा ५० खर्ब ५० अर्ब पुगेको अनुमान छ । गत आर्थिक वर्षमा पनि अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान गरिएको थियो ।

चालु आर्थिक वर्ष २०८०÷८१ मा स्थिर मूल्यमा अनुमान गरिएको आर्थिक वृद्धिदर जिडीपीकोको वार्षिक वृद्धिदर) आधारभूत मूल्यमा ३.५४ प्रतिशत र उपभोक्ताको मूल्यमा ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ। यो वर्षको ६/८ महिनाको वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा यो आर्थिक वृद्धिदर सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । तर, चालु आवको सरकारले भने ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य ल्याएको थियो । यद्यपि, गत आवको तुलनामा भने अर्थतन्त्र सकारात्मक बन्दै गएको कार्यालयले जनाएको छ ।

गत आवमा नेपालको आर्थिक वृद्धिदर १.९५ प्रतिशत रहेको थियो । कार्यालयका अनुसार यो वर्ष कृषि क्षेत्रको आर्थिक वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशत हुने अनुमान छ ।

चालु वर्षमा नेपालीको वार्षिक औसत प्रतिव्यक्ति आय १ हजार ४५६ डलर पुगेको अनुमान गरिएको छ। जुन आज अर्थात् बैशाख १८ गतेको विनिमय दर अनुसार नेपालीको बार्षिक औसत प्रतिव्यक्ति आम्दानी १ लाख ९४ हजार २६ रूपैयाँ हुन आउँछ । गत आवको भने प्रतिव्यक्ति आय १ हजार ४०५ डलर रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्