राष्ट्र बैंकमा बोल्न गाह्रो मान्ने व्यक्ति भट्ट कसरी भए प्रवक्ता ? « Arthapath.com
२० पुष २०७६, आईतवार

राष्ट्र बैंकमा बोल्न गाह्रो मान्ने व्यक्ति भट्ट कसरी भए प्रवक्ता ?



काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा गत मंगलबारदेखि कार्यकारी निर्देशक गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकको अनुसन्धान विभागको प्रमुख समेत रहेका भट्ट खुलस्त बोलचाल गर्न नरुचाउने ‘रिजर्भ’ खालको स्वभाव भएका व्यक्ति हुन् । पेटाहा स्वभावका व्यक्तिलाई प्रवक्ता बनाएर गभर्नर डा. चिरञ्जीवी नेपालले सञ्चारकर्मीहरूको मेख मारेको एकथरीले लख काटेका छन् ।

बैंकको गभर्नर नियुक्त हुनअघि आमसञ्चारमाध्यम र सञ्चारकर्मीमैत्रीको रूपमा चिनिएका नेपाल एकाएक सञ्चारकर्मीहरूसँग खुलस्त बोल्नै छाडे । प्रकारान्तरमा अहिले बैंकका प्रवक्ता पनि आफूजस्तै एकाध शब्द मात्र बोलेर टार्ने व्यक्तिलाई बनाएर आगामी चैत पहिलो सातादेखि गभर्नरको पदबाट अवकाश हुँदैछन् ।

पछिल्लो दिनमा सञ्चारमाध्यममा बैंकका गतिबिधिमध्ये सबैभन्दा धेरै नियमन र सुपरीवेक्षणसँग सम्बन्धित विषयले स्थान पाउँदै आएको अवस्थामा मूलतः अनुसन्धान विभागको क्षेत्रमा मात्र ज्ञान राख्ने भट्टलाई प्रवक्ता बनाउनुले खासै अर्थ नराख्ने देखिन्छ । अहिले बैंकले सञ्चारमाध्यमसँग सजिलै घुलमिल हुन चाहने कुनैपनि कार्यकारी निर्देशक वा विभागीय रूपमा नियमन वा सुपरीवेक्षणसँग सम्बन्धित विभागीय प्रमुखलाई प्रवक्ता बनाउनुपर्नेमा बैंकका एकजना सञ्चालक नै बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्