नं. १ बैंकका डेपुटी सिईओ सुजित शाक्य भन्छन ‘चुप लागेर बस्ने अवस्था छैनʹ « Arthapath.com
२४ पुष २०७६, बिहीबार

नं. १ बैंकका डेपुटी सिईओ सुजित शाक्य भन्छन ‘चुप लागेर बस्ने अवस्था छैनʹ



बैंकिङ क्षेत्रमा भलाद्मी बैंकर भनेर चिनिने सुजित शाक्य हाल ग्लोवल आईएमई बैंकको डेपुटी सिईओ पदमा कार्यरत छन । कुनैपनि विषयमा गहिरो अध्ययन गर्ने शाक्यले आधा दर्जनभन्दा बढी बैंकमा २३ वर्ष विताइसकेका छन । राजधानीका स्थायी वासिन्दा उनले तत्कालिन नेपाल श्रीलंका मर्चेन्ट बैंकिङ बाट बैंकिङ करिअर सुरु गरेका हुन । आधा दर्जन बैंकको अनुभव संगाल्दै आज सबैभन्दा ठुलो बैंकको डेपुटी सिईओ बनेका छन सुजित शाक्य । उनले हिमालयन बैंक, लक्ष्मी बैंक, बैंक अफ एसिया हुँदै एनआईसि एसिया बैंकमा काम गरे । त्यसपछि सिभिल बैंक हुँदै गत वैशाखमा जनता बैंक पुगेका उनी जनता बैंक मर्ज भएर ग्लोवल आईएमई बैंकमा डेपुटी सिईओ छन । उनै शाक्यसंग बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौती र अवसरहरुबारे कुराकानीमा आधारित लेख तयार पारेका छौं ।

सबैभन्दा ठुलो मर्जर
ग्लोवल आईएमई बैंक र जनता बैंकको मर्जर नेपालको सक्सेसफुल विग मर्जर हो । एमओयु गरेको ५ महिनामा ज्वाइन्ट अपरेसनमा आउन सफल भयौं । यो एकदमै फाष्ट ट्रयाकबाट काम भएको हो । हामी दुबै बैंकले विगतमा पनि धेरै मर्जर गरिसकेकाले कसरी छिटो काम गर्नुपर्छ भन्ने थाहा थियो । अहिलेसम्म मर्ज नगरेका बैंकलाई मर्जर भनेको फलामको चिउरा चपाएको जस्तो भएपनि हामीलाई सहज भयो । मर्ज गरेको १ महिना पुरा भयो । मर्जरको कन्सोलिडेसन अन्तर्गत दोहोरिएका ४५ ओटा शाखाहरु स्थानान्तरण गर्ने काम शुरु गरेका छौं । १८ ओटा संस्था विभिन्न समयमा मर्ज गर्दै आएका छौं । ३२ सय ५० कर्मचारी समायोजन यो ५ महिनामा गरेर देखाएका छौं । मर्जरका चुनौतीहरु छन तर ठुलो बैंक हाक्ने सिनियर म्यानेजमेन्ट टिमनै स्ट्रङ्ग छ । जसले गर्दा बैंकलाई सवल रुपमा अझ अगाडी बढाउन टेवा पुग्नेछ ।

लेण्डिङ्गमा बढ्दो चुनौति र अर्थतन्त्रमा असर
अहिले बजारमा लेण्डिङ्गको डिमाण्ड घटिरहेको छ । अलि पहिले विजनेशहरुले करमा दर्ता भएको आय विवरण लिएरमात्रै लोन लिन सक्ने व्यवस्थाले बजार अलि सुस्ताएको थियो । रिटेल लोनहरुमा पनि कर तिरेको पत्र ल्याउनुपर्ने नयाँ व्यवस्थाले क्रेडिट डिमाण्ड अझ घट्ने देखिन्छ । अहिले बजारमा गाडीका बुकिङहरु क्यान्सील भएका कुरा आएका छन् । सरकारले एकैपटक कस्न खोजेको देखिन्छ, यसले तत्काललाई असर गर्छ । हाम्रो जस्तो अर्थतन्त्रमा केही रकमसम्मको थ्रेसहोल्ड सम्म (जस्तै रेगुलेटरी रिटेल) छोड्नुपर्छ जस्तो लाग्छ । यो पोलिसिले तत्काललाई हिट गरेपनि दिर्घकालमा चाँही राम्रो हुने देखिन्छ । कर्जा लिने ऋणिहरु सवै करको दायरामा आएर काम हुन समय लाग्छ । अव होमलोनको डिमाण्डपनि घट्ने देखिन्छ । यसले गर्दा अहिले नै समस्याको सुरुवात भैसकेका डंडी, सिमेन्ट लगायतका उद्योगमा अझ वढी संकट थप्ने निश्चित छ । बैंकिङ्ग क्षेत्रको निष्कृय कर्जा बढेर स्पे्रड दरको नियमको कारणले घट्ने देखिएको नाफामा अझ थप दवाव आउन सक्छ । कर्जाको माग घटेपछि अर्थतन्त्र पनि चलायमान नहुन सक्छ । जसले गर्दा अन्तत सरकारको राजस्व घट्न गई दिगो आर्थिक विकासमा आशातित प्रगति नहुन सक्छ ।

बैंक ठुलो हुँदाको चुनौती
२ बैंक जोडेर हामी नं. १ बैंक भयौं भनेर चुप लागेर बस्ने अवस्थाचाँही छैन । साइज ठुलो भएर उत्तरदायित्व थपिएको छ । साइज ठुलो भएसँगै एस्पेक्टेसन पनि ठुलै हुने रहेछ । कष्टमरले पनि बैंक ठुलो भयो सर्भिसमा सुधार र नयाँ टेक्नोलोजीमा इन्भेष्टमेन्ट गर्छ भन्ने सोच्छन । रेगुलेटरको पनि कम्प्लायन्समा अझ धेरै फलो गर्छ भन्ने अपेक्षा हुन्छ । सेयरहोल्डर्सलाई पनि पहिलेको भन्दा राम्रो डिभिडेण्ड पाईयोस भन्ने हुन्छ । बैंक जसरी ठुलो भयो एस्पेक्टेसन पनि बढेको हुन्छ । त्यसैले बैंकले अझ बढी मेहेनत गरी काम गर्नुपर्ने देखिन्छ ।

आईटिमा बढ्दो चुनौती
आईटिको समस्या हाम्रो देशमा मात्रै होइन संसारभरीनै छ । विश्वमा विकास भएको आधुनिक प्रविधि संगै यसको चुनौतिहरु पनि बढ्दो छ । हाम्रो देशमा अझै बढी च्यालेन्ज छ । त्यसको लागी टेक्नोलोजीमा लगानी बढाउने र सेक्युरेटीमा ध्यान दिने पक्षमा छौं । फिनाकल सफ्टवेयरको लेटेष्ट भर्जनमा हामी अपग्रेड गर्दैछौं । अहिले हामीले चलाईरहेको र फिनाकलको नयाँ भर्जनमा धेरै फरक छ ।

अवको फोकस डिजिटल बैंकिङ्ग
डिजिटल बैंकिङ्गलाई फोकस गर्दै कोर आईटीबाट छुटाएर डिजिटल बैंकिङ्ग डिपाटमेन्ट खडा गरेका छौं । अवको फोकस भनेकै डिजिटल ट्रान्फरमेशननै हो । अफिसलाई पेपरलेस बनाउने उदेश्यमा छौं । सबै फाइलहरु डिजिटल प्रोसेसबाट आउन भन्ने हो । त्यसबाहेक हामिले अब प्रविधि प्रयोग गरेर कस्टुमर एक्स्पिरियन्स र इन्गेजमेन्ट लेवल मा ब्यापक सुधार ल्याउन जरुरी छ । डिजिटल बैंकिङ्गले समय र खर्च पनि कम हुन्छ र सर्भिस पनि छिटो हुन्छ । अझै पनि नेपालीहरु क्यास पेमेन्टमै विश्वास गरिरहेका हुन्छन । खर्च गर्ने ठाउँमा पस मेसिन भएपनि एटिएमबाटै पैसा निकालेर पेमेन्ट गरिहेका हुन्छन । पहिलेभन्दा सुधार त आएको छ तर अझै दौडनुपर्ने देखिन्छ । क्यास ट्रान्जेक्सनलाई डिष्करेज गर्नेगरी रेगुलेटरबाट पोलिसी आउनुपर्छ । यसले भ्रष्टाचार पनि कम हुन्छ ।

नंबर १ भन्दापनि स्ट्रङ बन्ने
आजको दिनमा बैंक क्यापिटल र वासलातको आकारको आधारमा नंबर १ भएको छ । अब भइरहेका २० लाख कष्टमरको मनभित्र राम्ररी बसिराख्न सक्नुपर्छ । सेवामा स्तरीयता हाम्रो फोकस हो । नयाँ ग्राहक आकर्षित गर्दै भैरहेका ग्राहक अर्को प्रतिस्प्रर्धीमा जान नदिनुनै हाम्रो मुल उदेश्य हो । सर्भिस कसरी दिने भन्ने होटल इन्डष्ट्रीबाट सिक्नुपर्छ । कष्टमरको आवश्यकता पुरा गर्नेगरी अगाडी बढ्छौं । अरु ठुला २ बैंक मर्ज गरे भने हामी सबैभन्दा ठुलो बैंक नहौँला । ठुलो भन्दा पनि सर्भिस राम्रो र इन्टर्नल रुपमा बलियो बैंक बन्ने छौं । लिड बैंकको वा कोलिड भएर मात्र ठूला परियोजनामा लगानी गर्ने लक्ष्य छ ।

सुजितको आगामी यात्रा
नेपाल श्रीलंका मजेन्ट बैंकिङ एण्ड फाइनान्समा करिअर सुरु गर्दा सुजितले अहिलेको अवस्थाको परिकल्पना गरेका थिएनन् । बैंकिङको अधिकांस समय बाणिज्य बैंकमै विताएका शाक्य करियर सुरु गर्दै जाँदा यहाँ पुग्छु त्याँहा पुग्छु भन्ने थिएन । कर्पोरेट ल्याडरमा माथी चढ्दै जाने भन्ने थियो । सिक्दै र सिकाउँदै जानुपर्छ भन्ने मेरो मान्यता हो शाक्य भन्छन् । कर्मचारीलाई मोटिभेट गनर्,े सिकाउने काम गरिरहेकै हुन्छु, यसले करिअर ग्रोथमा हेल्प नै भएको छ । आपm्नो धेरै जसो काम अरुलाई सिकाएर डेलिगेट गर्न सकियो भने आफुलाई रणनितिक कार्यहरुमा सोच्न र काम गर्न समय मिल्छ । आगामी च्यालेन्जलाई सहजरुपमा पार लगाउँदै अगाडी बढ्ने चाहना हो । हरेक बैंकरलाई सिईओ बन्ने सपना हुनुपर्छ । आजसम्म परिश्रम र मेहनेतले डेपुटी सिईओ बनेका शाक्य आगामी दिनमा ग्लोवल आईएमई बैंकलाई कसरी राम्रो र बलियो बनाउने भन्नेमै व्यस्त छन ।


प्रतिक्रिया दिनुहोस्