४ हजार ४२६ नमुनाको परिक्षण गरियो, थप पोजेटिभ भेटिएन

काठमाडौँ । कोरोना संक्रमणको ४ हजार ४२६ नमुनाको परिक्षण सम्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रम सो जानकारी गराएका हुन । यसअघि पोजेटिभ देखिएका ८ जना अहिले उपचारत रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ९७ जनाको नमुन परीक्षण भएको छ । प्रवक्ता देवकोटाका अनुसार केन्द्रीय प्रयोगशाला टेकुमा अहिलेसम्म ३ हजार ३९२ को नमुना परिक्षण भएको छ । टेकुमा पछिल्लो २४ घण्टामा ६०९ जनाको नमुना परिक्षण सम्पन्न भएको छ । त्यस्तै काठमाडौँ बाहिर अहिलेसम्म ७ सय ४२ जनाको नमुना परिक्षण भएको छ भने पछिल्लो २४ घण्टामा २८८ जनाको नमुना परिक्षण भएको उनले बताए ।
अहिले दैनिक ७ देखि ८ सयका दरले नमुना परिक्षण हुनथालेको प्रवक्ता देवकोटाले बताएका छन् ।
अहिले देशभर ८ हजार ८२ जना क्वारेन्टाइनमा रहेको र ८२ जना आइसोलेसनमा रहेका छन् ।
अहिले र्यापिड टेस्ट किट सातै प्रदेशका सबै जिल्लामा पुगेको बताउदै उनले सुदूरपश्चिमका सबै जिल्लामा टेस्ट गरिने बताए ।
प्रवक्ता देवकोटाले वीर अस्पताल र टेकुस्थित शुक्रराज अस्पतालमा पनि परिक्षण गरिने बताएका छन् ।