राष्ट्र बैंकमा पनि भित्रियो कोरोना, बैंकहरु फेरि आंशिकरुपमा चलाइने तयारी « Arthapath.com
२५ श्रावण २०७७, आईतवार

राष्ट्र बैंकमा पनि भित्रियो कोरोना, बैंकहरु फेरि आंशिकरुपमा चलाइने तयारी



काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकका २ जनामा कोरोना देखिएको छ । राष्ट्र बैंकको विरगंज साखाका १ कर्मचारीलाई कोरोना देखीएको केही घण्टामा अर्का सुरक्षाकर्मीलाई पनि कोरोना देखिएको राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तमणी शिवाकोटीले बताए ।

राष्ट्र बैंकभित्रै कोरोना देखिएपछि राष्ट्र बैंकले विषेस सर्तकर्ता अपनाएको छ । आइतबारदेखी काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली लागु भएपछि धेरै बैंकका कार्मचारीहरु बाटोमै अलपत्र परेका थिए । बाटोमा रहेका सुरक्षाकर्मीले पास भएका सवारीलाई मात्रै आवागमन गर्न दिएको थियो ।

डेपुटी गभर्नर शिवाकोटीका अनुसार अव राष्ट्र बैंककै कर्मचारीललाई पनि पास जारी नहुने बताए । सरकारले पास जारी गर्न निर्देशन नदिइएकाले अव बैंकहरु पनि पहिलेझै आंसिक रुपमा चलाउन निर्देशन दिइएको उनले बताए ।

अव बैंकहरु पहिले जकडाउनको अवधीमा जस्तै आंसिक रुपमा चलाउनुपर्ने बाध्यता रहेको प्रभु बैंकका सिईओ अशोक शेरचनले बताए । अव सिमित काउन्टर खोलेर पुरार्नै अवस्थामा सेवा दिन्छौं शेरचनले भने ।

काठमाडौं उपत्यकामा आजै ९० जनामा कोरोना भेटिएपछि अव जोखिम क्षेत्रमा बैंकिङ सेवासमेत अवरुद्ध हुने भएको छ । अव बैंकका कर्मचारीहरु पनि जोर विजोर साधन अनुसार कार्यालयमा हाजिर हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्