विदेशमा कमाउन गएका ९०० नेपालीको बाकसमा लास फर्कियो « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

विदेशमा कमाउन गएका ९०० नेपालीको बाकसमा लास फर्कियो



काठमाडौं । कामको शिलशिलामा नेपालीहरु विदेशमा जान्छन् । तर, त्यहाँबाट उनीहरुको लास बनेर आएका उदाहरण धेरै रहेका छन् । लकडाउन हुनुभन्दा पहिले दैनिक एक जनाको लास त्रिभुन विमानस्थलमा आउने गर्दथ्यो ।

विदेशमा काम गर्न गएका लाखौ नेपालीहरु रहेका छन् । विभिन्न देशमा काम गर्न गएका एक बर्षको अवधिमा ९ सय जनाको ज्यान गएको छ । उनीहरु अधिकांश रोजगारीको शिलशिलामा विदेशी भूमिमा गएका हुन् ।

आर्थिक वर्ष २०७६÷०७७ मा करिव ९ सय जना नेपालीले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार यसमा कोरोना भाईरस रोगले पनि मृत्यु भएका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा ७ सय ५३ जना नेपालीको मृत्यु भएको थियो । बोर्डका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा विदेशमा मृत्यु भएकामध्ये ४ सय ९४ जनाको सूची बोर्डले तयार गरेको छ र जसमा १५ जना महिला र ४ सय ७९ जना पुरुष रहेका छन् ।

आर्थिक वर्ष २०७६÷०७७ मा कुन देशमा कतिजनाको मृत्यु
मलेसियाः ९२
साउदी अरबमाः १ सय ७३
कतारमा ७७
युएईमा ८३
दक्षिण कोरियामा ८
कुवेतमा २५
बहराइनमा ११
ओमानमा २
अन्य देशमा २३ जना नेपालीको मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस्