७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

भारत र भुटानको उत्पादन घटेपछि नेपाली अलैँचीको माग बढ्यो: गत वर्षको स्टक पनि बिक्यो, ७ अर्ब २८ करोडको निर्यात

काठमाडौं । अलैँची निर्यात दोहोरो अंकले वृद्धि भएको छ । नेपालको कुल निर्यात गर्दा अलैँची निर्यात भने ७२.४६ प्रतिशतले बढेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० १० महिनाको वैदेशिक व्यापार सम्वन्धी तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधीमा अलैँचीको निर्यात भने उच्चदरमा बढेको छ ।