काठमाडौं । बीमा समितिको आयोजनामा ‘कृषि तथा पशुपन्छी बीमाको वर्तमान अवस्था, कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी बीमालाई अझ सशक्त एवम् प्रभावकारी बनाई गाउँगाउँसम्म पुर्याउने उद्देश्यले कृषक लगायत सम्वद्ध सबै सरोकारवालाहरूको सहभागितामा असार ६ गते काठमाडौंमा कार्यक्रम आयोजना गरिएको हो