बैंक « Arthapath.com
१६ असार २०८२, सोमबार

बैंक

उद्यमशीलता विकासमा नबिल बैंकको साथ, तेह्रथुमको छथरमा दियो ७ दिने तालिम

काठमाडौं । कोशी प्रदेश अन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ । राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबिच भएको त्रिपक्षीय समझदारी अनुसार एक साता लामो तालिम प्रदान गरिएको नबिल बैंकले जनाएको छ । वैशाख १० गतेदेखि १६ गतेसम्म यो तालिम उपलब्ध गराइएको हो ।