काठमाडौँ । नेपाली अर्थतन्त्र र बैंकिङ्ग क्षेत्र अझै पनि विभिन्न चुनौती र समस्यामा छन् । बाह्य क्षेत्र सुधारात्मक देखिएता पनि आन्तरिक अर्थतन्त्र भने समस्यामा नै छ । आर्थिक शिथिलताबाट बाहिर आउन नसकेको अवस्था छ । उद्यमी व्यवसायीहरुको आत्मविश्वास पनि घट्दो छ, जुन बैंकिङ क्षेत्र र अर्थतन्त्रको प्रमुख चुनौतीकै रुपमा देखिएको