काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज पनि १ खर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले उक्त निक्षेप संकलन गर्न लागिएको हो। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै ८३ दिनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत १ खर्बको निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान