३ आश्विन २०८३, शनिबार

NRB

वित्तीय संघीयता र प्रविधिको उपेक्षा, राष्ट्र बैंकले कसरी मौद्रिक नीतिलाई ०५८ अघिको तदर्थवादतर्फ फर्काउँदै छ ?

बजारमा १३ खर्बभन्दा बढीको अधिक तरलता थुप्रिँदा पनि लगानीको गतिरोध अन्त्य हुन नसक्नु मौद्रिक औजारको होइन, बरु त्यसलाई बजारसम्म पुर्‍याउने ‘प्रसारण लाइन’ र पुरानो वित्तीय संरचनाको असफलता हो। मौद्रिक नीति केवल आर्थिक वर्षको सुरुमा केन्द्रीय बैंकले गर्ने नियमित प्राविधिक अभ्यास वा सङ्ख्याहरूको गणितीय दस्तावेज मात्र होइन। यो त मुलुकको समष्टिगत