२१ कार्तिक २०८३, शनिबार

NRB

लघुवित्तको ५८ प्रतिशत कर्जा कृषिमा केन्द्रित, नाफाको चमकभित्र खराब कर्जाको जोखिम

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले कर्जा प्रवाहलाई कृषि क्षेत्रमा केन्द्रित गराएको पाइएको छ। नेपाल राष्ट्र बैंकको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म लघुवित्त संस्थाहरूले प्रवाह गरेको कुल कर्जामध्ये ५८.६३ प्रतिशत कृषि क्षेत्रमा गएको छ। प्रतिवेदनअनुसार २०८३ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा ५ खर्ब ३३ अर्ब ९५