काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुले पाँच महिनामा सवा दुई अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकहरुले २ अर्ब १६ करोड २३ लाख ६० हजार रुपैयाँ बढी नाफा कमाएका छन् ।