काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो ‘परिवार सुरक्षा बचत खाता’अन्तर्गत लाभग्राहीलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको छ। बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार गौमुल शाखाबाट परिवार सुरक्षा बचत खातामा आबद्ध श्रीमती बना देवी बोहराका श्रीमानको दुर्घटनाजन्य निधनपछि बीमा दाबी प्रक्रिया पूरा गरी १० लाख रुपैयाँको रकम हस्तान्तरण गरिएको