काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले मर्जरमा जाने गरेसँगै नेप्सेले दुवै बैंकको शेयर कारोबार आजदेखि रोक्का गरिदिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच जेठ २७ गते एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार आजदेखि रोक्का गरिदिएको हो