काठमाडौं । जेनजी आन्दोलनको क्षति उपर निर्जीवन बीमा कम्पनीहरुले धमाधम दावी भुक्तानी दिन थालेका छन् । हालसम्म बीमा कम्पनीले झन्डै पौने तीन अर्ब रुपैयाँ दावी भुक्तानी दिएका छन् । यद्यपि, कुल दावीको १२ प्रतिशत हाराहारीमा मात्रै भुक्तानी गरेको देखिन्छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको कात्तिक ९ गतेसम्मको प्रारम्भिक विवरणले