अनुसा थापाविदेशी पर्यटक नेपालीका लागि पाहुना हुन् । घुमफिर गर्न, नेपाल हेर्न, यहाँको संस्कृति बुझ्न उनीहरु आउँछन् । हामीहरु ‘अतिथि देवः भव’ भन्छौं । विदेशी पर्यटकको सुरक्षा गर्नु सरकारको दायित्व हो । मुलुकमा जति धेरै विदेशी पर्यटक भित्रिन्छन्, त्यति नै फाइदा हुन्छ । विदेशी मुद्रा भित्रिन्छ, अर्थतन्त्रमा टेवा पुग्छ ।