२ कार्तिक २०८३, सोमबार

कर्पोरेट

एक्सेल डेभलपमेन्ट बैंकका संचालक पुरुषोत्तम लम्सालले दिए राजीनामा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका संचालक पुरुषोत्तम लम्सालले राजीनामा दिएका छन् । बैंकको संचालक समितिमा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गरिरहेका लम्सालले ब्यक्तिगत कारण राजीनामा दिएका थिए । भदौ २१ गते दिएको राजीनामा भदौ २३ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।