१ कार्तिक २०८३, आइतबार

बीमा

अब बीमा कम्पनीहरुले तोकिएकै समयमा वित्तीय विवरण तयार पार्नुपर्ने, ढिलाई गरे १० लाखसम्म जरिवाना

काठमाडौं । अब सबै बीमा कम्पनीहरुले समयमै वित्तीय विवरण नेपाल बीमा प्राधिकरणमा पेश गर्नुपर्ने भएको छ । बीमा ऐन, २०७९ को दफा ८७ बमोजिम बीमकले आर्थिक वर्ष सकिएको मितिले तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने छ । यसका साथै दफा ८४ (२) बमोजिम बीमकले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा