काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापवाला सुनको मूल्य १ लाख ३ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।