यतिबेला नेपालको ऊर्जा क्षेत्र एक ऐतिहासिक रूपान्तरणको प्रस्थान विन्दुमा उभिएको छ। जलविद्युत उत्पादनमा निजी क्षेत्रले सरकारसँग सहयात्रा गरेको २५ वर्ष (रजत वर्ष) पूरा भइसकेको छ। अबको हाम्रो यात्रा केवल विद्युत उत्पादनमा मात्र सीमित हुने छैन। आगामी दिनमा निजी क्षेत्रलाई विद्युत व्यापार र प्रसारण लाइन निर्माणको क्षेत्रमा समेत अब्बल र प्रतिस्पर्धी