विचार « Arthapath.com
२७ जेष्ठ २०८३, बुधबार

विचार

अर्थतन्त्र सुधार्ने चुनौती र सम्भावनाबीच ‘नेपाल’, समाधान के ? (पूर्वअर्थमन्त्री डा. महतको विचार)

नेपालको आर्थिक अवस्थामा विस्तारै सुधार हुँदै आएको छ । तर, धेरै काम गर्न बाँकी छ । अहिलेको सबैभन्दा ठूलो समस्या भनेको देशभित्र आर्थिक गतिविधि कम हुनु हो । अर्थतन्त्रको स्वरूप आयातमुखी छ । बढी आयात र अत्यन्तै कम निर्यात छ । आधारभूत आवश्यकीय वस्तुमा पनि मुलुक आत्मनिर्भर हुनसकेको छैन ।