काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमा क्षेत्रका बासिन्दालाई कुनै पनि किसिमको सास्ती नदिने तर तस्करविरुद्ध निर्मम भएर लाग्ने बताएका छन्। रास्वपा पार्टी मुख्यालय, वनस्थलीमा आयोजित ‘नागरिक, नीति र नेतृत्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले लामो समयदेखि आर्थिक ऐनमा एक सय रुपैयाँभन्दा बढीका वस्तु विदेशबाट आयात गर्दा कर लाग्ने नियम रहेको