काठमाडौं । खल्ती’ले एसईईको नतिजा निःशुल्क हेर्न सकिने भएको छ । डिजिटल वालेटले विद्यार्थीहरुको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरेको हो । कम्पनीले भनेको छ, ‘यो सहकार्यसँगै अब एसईई २०७८/७९ ब्याचका विद्यार्थी र अभिभावकहरुले सजिलै र निःशुल्क खल्तीमार्फत नतिजा हेर्न सक्छन् ।’नतिजा