समाचार « Arthapath.com
२६ असार २०८३, शुक्रबार

समाचार

अर्थमन्त्री शर्मामाथि छानबिन गर्ने ६ सदस्यीय समिति बन्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबमोजिम अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ । एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन स्रोतले जनाएको छ । तर अन्तिम टुंगो भने लाग्न बाँकी रहेको जनाइएको छ ।