काठमाडौं । उद्यम गर्न चाहने नगरवासीलाई सघाउ र्पुयाउने उद्देश्यका साथ भीमदत्त नगरपालिकाले नेपाल बैंकसँग सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी सम्झौता गरेको छ । “मेयर उद्यमशीलता विकास कार्यक्रम” अन्तर्गत व्यवसाय गर्न चाहनेलाई सघाउन सम्झौता भएको हो । नगर प्रमुख सुरेन्द्रबहादुर बिष्ट र बैंकका महेन्द्रनगर शाखाका प्रबन्धक कमलबहादुर चन्दले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्