काठमाडौं । आज सोमबार सुनको मूल्य बढेको छ । हिजो आइतबार ३ सयले बढेको सुनको भाउ आज १ सयले बढेको हो । आज सुन तोलामा १ सयले बढेर प्रतितोला ९३ हजार ७ सय र तेजाबी सुन प्रतितोला ९३ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।