देउवा र प्रचण्डको पछि लाग्दा आफै खुम्चिए माधव नेपाल, ३८ सांसद खल्तीबाट १९ मा झर्यो « Arthapath.com
१० जेष्ठ २०७८, सोमबार

देउवा र प्रचण्डको पछि लाग्दा आफै खुम्चिए माधव नेपाल, ३८ सांसद खल्तीबाट १९ मा झर्यो



विचार/विष्लेशण

काठमडौं । एमालेमा ३८ सांसद माधव नेपालको पक्षमा थिए । सर्वोच्च अदालतले एमाले र नेकपा माओवादी केन्द्र एकता भंग गरिदिएपछि एमालेमा माधव नेपालको पक्षमा ३८ जना सांसद थिए ।

पार्टीमा ४० प्रतिसत नपुगेपछि माधव नेपालले यसअघिनै पार्टी फुटाउन गरेको प्रयास बिफल हुँदै आएको थियो । २०७५ जेठ २ मा सम्पन्न एमालेको नऔं महाधिवेसनमा पार्टी अध्यक्षमा केपी शर्मा ओलीसंग ६५ मतलेमात्रै पराजित भएमा माधव नेपाल पदाधीकारी र स्थायी समितिमा बहुमतमा थिए ।

त्यसैले सर्वोच्च अदालतले एमाले र माओवादी पार्टी छुट्याइदिएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले एका एक पदाधिकारी भंग गरेर महाधिवेसन आयोजक कमिटि बनाए । एमालेभित्रको अहिलेको विवाद पनि त्यै हो । माधव नेपाल २०७५ जेठ २ बाट निर्वाचित पदाधीकारी कायम हुनुपर्छ भन्ने ओली बहुमतले फेरी आफ्टेरो पर्ने भन्ने ।

ओली र नेपालको विवाद मिलाउन र पार्टी फुट्न नदिन कतिपय तल्ला तहका नेताहरु लागीपरे । ओलीले पनि आफुलाई विश्वासको मत नदिएपछि अलमल्याउनका लागी कार्यदल बनाएर टुङ्ग्याउने बताए र सोही अनुसार कार्यदल पनि बन्यो ।

एमालको नेतृत्वमा १४ वर्ष व्यतित गरेका माधव नेपाल पार्टीका कमजोर कहिल्यै रहेनन् । अध्यक्षमा धोरै मतले पराजित भएपछि उनको पक्षमा पदाधीकारी बहुमत छ । उनै माधव नेपाल पार्टी एकतापछि प्रचण्डसंग मलिेर ओलीलाई अल्पमतमा पार्न सफल भए । जसको फलस्वरुप ओलीले २ पटक संसद नै विघटन गर्नुपर्यो ।

साविक नेकपा पार्टीमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतका नेताहरुले मिलेर ओलीलाई एक्ल्याए । बहुमत एकातिर रहेपछि ओलीले पनि त्यसको कहिल्यै मतलव गरेनन् । जसका कारण गएको पुष ५ गते ओलीले संसद विघटन नै गरे ।

आफु अल्पमतमा परेपछि संसद विघटन गरेका ओली अन्ततः पार्टी फुटाउन सफल भए । सर्वोच्च अदातलते एमाले र माओवादी एकता अस्वीकार गरेपछि ओलीलाई हाइसन्चो भयो भने माधव नेपाल प्रचण्डसंगको सहकार्यमै रहे ।

प्रचण्डसंग लागेको बदला अहिले ओलीले लिइरहेका छन् । एमाले र माओवादी पार्टी छुट्टिदाँ माधव नेपालसंग भएका ३८ सांसद विस्तारै घट्दै घट्दै आइरकेको छ । ३८ सांसदबाट प्रधानमनत्रीलाई विश्वासको मत दिने बेला बैसाख २७ गते ७ जना माधव पक्षका सहभागी भएका थिए ।

त्यसैबेला घटेर माधवको पक्षमा ३१ जनामा झरेको थियो । शुक्रबार विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बनेको विपक्षीको गठबन्धनमा माधव नेपालले २८ जना सांसद रहेको पुरानो पत्र देउवालाई थमाए ।

शुक्रबार रातिनै प्रधानमन्त्रीको सिफारिसमा राष्टपतिले संसद विघटन गरेपछि एमाले नेता माधव नेपाल पुनः विपक्षी गठबन्धनमा बलियोसंग लागे । देउवालाई प्रधानमन्त्रीका सिफारिस गर्न राष्ट्रपति भवनसमेत पुगेमा माधव नेपाल ओलीको विरोध गर्दागर्दै आफै सकिएको पत्तो पाएनन् ।

आइतबार पुनः विपक्षी गठबन्धनले कांग्रेस सभापती शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा परमआदेश माग्न जाने पक्षमा उभिए । विघटन भैसकेको १९ जना सांसदको हस्ताक्षर गराएर माधव नेपाल देउवाको सारथी बनेका छन ।

नेपालाई हरेक मोर्चामा साथ दिने गोकर्ण विष्ट, योगेश भट्टराई लगायतका नेताले भने हस्ताक्षर गरेनन् । सुरुमा ३८ जना सांसद आफ्नो पक्षमा रहेका नेपाल अहिले आधा घटेर १९ जनामा झरेको छ । संसद विघटन यदी सर्वोच्च अदालतले ब्यूत्याइदिएन भने माधव नेपाल्को पक्षमा अझै आधा सांसद घट्ने देखिन्छ ।

आफु पार्टीमा पेलिएपछि सुरुमा प्रचण्डको सहारा लिएका माधव नेपाल अहिले शेरबहादुर देउवाको सहारामा पुगेका छन । देउवा र प्रचण्डको सारथी बन्दाबन्दै माधव नेपाललाई आफु सकिएको पत्तै भएन ।

Tags :

प्रतिक्रिया दिनुहोस्