समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

कृषिमन्त्री अधिकारीले दिए राजीनामा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका छन् । जेनजीले गरेको प्रदर्शनमा भएको विरोधमा भएको दमनप्रति आक्रोश व्यक्त गर्दै मन्त्री अधिकारीले राजीनामा दिएका हुन् । देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग युद्ध जस्तो व्यवहार गरिएको भन्दै जवाफ खोज्नुपर्ने भन्दै उनले सत्तामा बस्नु सह्य नभएकाे बताए ।